Latest News
Kathmandu

विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने

विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने

काठमाडौँ सरकारले आगामी असार ७ (२१ जुन) गते विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने निर्णय गरेको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने निर्णय गरेको हो ।

शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षता बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तीकरणका लागि योग’ नाराका साथ विद्यालयस्तरमा दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले प्रदेश र स्थानीय तहमा समेत योग दिवस मनाउन पत्राचार गरिनुका साथै विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेप्सेमा छ दशमलव ३७ अङ्कको वृद्धि
पछिल्लो समाचार →
प्रतिनिधिसभाको बैठक ११ बजे बस्दै

Leave a Comment

Your email address will not be published. Required fields are marked *