Latest News
Kathmandu

बुटवलमा ३ करोड लगानीमा हेमोडायलाइसिस सेवा सञ्चालन

बुटवलमा ३ करोड लगानीमा हेमोडायलाइसिस सेवा सञ्चालन

३ माघ, बुटवल । मिर्गाैला रोगीहरुका लागि साझा हस्पिटल प्रालि बुटवलले तीन करोड लगानीमा हेमोडायलाइसिस सेवा सञ्चालनमा ल्याएको छ ।

ओमसाई पाथिभरा हस्पिटल भद्रपुर झापासँगको सहकार्यमा हाल ८ वटा मेशिनबाट हेमोडायलाइसिस शुरु गरिएको हो । सेवाको अस्पतालका अध्यक्ष गोविन्द खनालले सोमबार उद्घाटन गरेका छन् ।

मिर्गौलाका विरामीहरु दिन प्रतिदिन बढिरहेको सन्दर्भमा विरामीहरुलाई सुलभ उपचार दिने उद्देश्यले भविष्यमा ५० वटा मेसिन पुर्‍यायने लक्ष्य सहित सेवा शुरु गरिएको अध्यक्ष खनालले बताए । नियमित डायलासिस गराउनुपर्ने बिरामीहरुले सर्वसुलभ सेवा पाउन नसक्दा बाहिर जानुपर्ने बाध्यता थियो । जसका कारण बिरामीहरुमा उच्च आर्थिक व्ययभार पर्ने भएकाले निःशुल्क सेवा उपलब्ध गराउने उनको भनाइ छ ।

सेवालाई पूर्ण निःशुल्कका लागि प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय समक्ष प्रक्रिया अगाडि बढाइसकिएको अस्पतालका सञ्चालक डा. विनोद पराजुलीले बताए । यस्तै अस्पतालले सोमबारदेखि एनआईसीयू र यूरो सर्जरी सेवा पनि शुरु गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
दैनिक २० हजार संक्रमित थपिन सक्छन्, बेड अभाव हुनसक्छ
पछिल्लो समाचार →
अहिले लाइसेन्सको फारम भर्दा तीन वर्षपछि परीक्षा

Leave a Comment

Your email address will not be published. Required fields are marked *