
३ माघ, बुटवल । मिर्गाैला रोगीहरुका लागि साझा हस्पिटल प्रालि बुटवलले तीन करोड लगानीमा हेमोडायलाइसिस सेवा सञ्चालनमा ल्याएको छ ।
ओमसाई पाथिभरा हस्पिटल भद्रपुर झापासँगको सहकार्यमा हाल ८ वटा मेशिनबाट हेमोडायलाइसिस शुरु गरिएको हो । सेवाको अस्पतालका अध्यक्ष गोविन्द खनालले सोमबार उद्घाटन गरेका छन् ।