Latest News
Kathmandu

प्रतिलिटर ३ रुपैयाँले घट्यो पेट्रोल

प्रतिलिटर ३ रुपैयाँले घट्यो पेट्रोल

काठमाडौँ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।<मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ ।

त्यस्तै डिजेल र मट्टितेलमा काठमाडौँ, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज वरपर १४९ रुपैयाँ कायम भएको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आर्थिक वर्ष २०८१\८२ का लागि सुदूरपश्चिम प्रदेशको बजेट साढे ३१ अर्ब
पछिल्लो समाचार →
आज कहाँ कहाँ पर्छ पानी ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *