Latest News
Kathmandu

बजेट अभावका कारण बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनमा समस्या

बजेट अभावका कारण बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनमा समस्या

काठमाडौँ स्थापनाको २७ वर्षपछि एक सय शय्याबाट चार सय ५० शय्यामा स्तरोन्नति भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनका लागि प्रारम्भ गरिएको स्वास्थ्यकर कोषमा विनियोजित बजेट विगतभन्दा पनि कम प्राप्त हुँदा अस्पताल सञ्चालनमा समस्या भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार एक सय शय्याबाट चार सय ५० शय्यामा स्तरोन्नति हुनु र सरकारको नीतिअनुसार अस्पतालमा भर्ना भएका सबै बिरामीलाई खाना र शय्या निःशुल्क गरिएको सन्दर्भमा विनियोजित बजेट अपुग भएको बताए । कार्यकारी निर्देशक डा पौडेलले हाल देशमा क्यान्सर विषयमा मात्र अध्ययन-अध्यापन गर्ने गराउने सुपर स्पेसियालिटी प्रतिष्ठान समेत नभएको उल्लेख गरे ।अस्पताल सञ्चालक समितिबाट प्रतिष्ठानसम्बन्धी प्रस्ताव पास भई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेस गरिएको, राष्ट्रिय चिकित्सा आयोगबाट ‘सुपर स्पेसियालिटी’ अध्यापनका लागि अनुमति लिई तीनवटा विधामा सञ्चालन भएको र हाल क्यान्सरका विभिन्न सात विधामा ‘फेलोसिप’ कार्यक्रमअन्तर्गत १३ जनाले अध्ययन गरिरहेको उनले बताए ।

उनले मन्त्रालयले सुपर स्पेसियालिटी प्रतिष्ठान घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने स्पष्ट पारे । विपन्न नागरिक आर्थिक सहायता कोषबाट क्यान्सर रोग उपचारतर्फ उपलब्ध गराइएको रकम न्यून भएको भन्दै डा पौडेलले क्यान्सरको उपचार पद्घति धेरै महँगो हुने र लामो समयसम्म उपचार गराउनुपर्ने हुँदा सहायता रकम वृद्घि गरी प्रतिबिरामी कम्तीमा रु पाँँच लाखसम्म पुर्याउनुपर्नेमा जोड दिए । रकम बृद्धि गर्नका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको र अस्पतालको पहलमा वाग्मती प्रदेश सरकारले रु ५० हजार दिने व्यवस्था भएको, लुम्बिनी प्रदेश सरकारले रु दुई लाख दिने सम्झौता गरेको, गण्डकी प्रदेश सरकारसँग रु एक लाख सम्झौता भएको र अन्य प्रदेशसँग पनि छलफलको क्रम रहेको छ ।कार्यकारी निर्देशक डा पौडेलले स्वास्थ्य बीमा समितिबाट पाउनुपर्ने रकम भुक्तानीमा विलम्ब हुँदा सेवा सञ्चालनमा कठिनाइ भएको बताए ।

अस्पताल एक सय शय्यामा सञ्चालन हुँदा आर्थिक वर्ष २०६९र७० मा प्राप्त बजेट २१ करोढ ४२ लाख भएको र त्यसयता चार सय ५० शय्या हुँदा स्वास्थ्य कर कोषको रकम घट्दो क्रममा आई गत आर्थिक वर्षमा रु २३ करोडमा झरेको उनले जानकारी दिए ।
उनका अनुसार गत आर्थिक वर्षको सञ्चालन खर्च रु ९२ करोड ९२ लाख २७ हजार पाँच सय ७९ रहेको छ, गत आर्थिक वर्षमा आन्तरिक स्रोतबाट रु ४८ करोड ८८ लाख ९६ हजार तीन सय ४० आम्दानी भएको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेपाल अन्तर्राष्ट्रिय पर्यटन मेला सम्पन्न
पछिल्लो समाचार →
कुमारीपाटीमा रहेको कृषि विकास सहकारीका अध्यक्ष पक्राउ 

Leave a Comment

Your email address will not be published. Required fields are marked *