Latest News
Kathmandu

भारतमा पर्यटकहरू सवार गाडी दुर्घटना हुदाँ १४ जनाको मृत्यु

भारतमा पर्यटकहरू सवार गाडी दुर्घटना हुदाँ १४ जनाको मृत्यु

काठमाडौँ भारतमा पर्यटकहरू सवार एउटा गाडी दुर्घटनामा परेको छ । गुरुग्रामबाट उत्तराखण्ड घुम्न गएका पर्यटकहरू सवार गाडी दुर्घटनामा परेको हो ।

रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय राजमार्गबाट पर्यटक बोकेको एउटा यात्रुवाहक गाडी अनियन्त्रित भई करिब ३०० मिटर तल अलकनंदा नदीको किनारमा खसेको थियो । यस दुर्घटनामा १४ जनाको मृत्यु भएको बताइएको छ । अरु १२ जना घाइते भएका छन् । सो गाडीमा २६ जना यात्रु सवार थिए । सो ट्राभलर गाडी गुरुग्रामबाट तुंगानाथ–चोपटा जाँदै गर्दा शनिबार बिहान ११ः३० बजे रुद्रप्रयाग मुख्यालय नजिकै दुर्घटनामा परेको बताइएको छ । यस घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भएको र ३ जनाको सनाखत हुन नसकेको बताइएको छ । गाडी सडकबाट करिब ३०० मिटर गहिरो भीरमा खसेको थियो । १० जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

एजेन्सी

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मनकामना केबुलकार असार ३१ गतेदेखि करिब ५० दिन बन्द हुने
पछिल्लो समाचार →
पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका दुई किशोरको शव फेला

Leave a Comment

Your email address will not be published. Required fields are marked *