Latest News
Kathmandu

पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका दुई किशोरको शव फेला

पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका दुई किशोरको शव फेला

काठमाडौँ पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई किशोरको शव फेला परेको छ । आइतबार वीरेन्द्रनगर नगरपालिका–२ चोक्टेस्थित भेरी नदीमा उनीहरूको शव फेला परेको हो ।

शनिबार दिउँसो पौडी खेल्ने क्रममा कालिकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७, खजुरा बस्ने १९ वर्षीय विनोद केसी र सोही ठाउँ बस्ने १६ वर्षीय भूपेन्द्र केसी बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले उनीहरूको शव डुबेको स्थानभन्दा केही तल फेला परेको बताए ।

शव सशस्त्र प्रहरी बल गोताखोरको टोलीले निकालेको हो । अत्यधिक गर्मी भएपछि उनीहरू गर्मी छल्नका लागि भेरी नदी पुगेका थिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भारतमा पर्यटकहरू सवार गाडी दुर्घटना हुदाँ १४ जनाको मृत्यु
पछिल्लो समाचार →
नेप्सेमा दोहारो अंकको गिरावट

Leave a Comment

Your email address will not be published. Required fields are marked *