Latest News
Kathmandu

चलचित्र निर्देशक समाजले ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ आयोजना गर्दै

चलचित्र निर्देशक समाजले ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ आयोजना गर्दै

काठमाडौँ चलचित्र निर्देशक समाजको प्रस्तुतिमा ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ आयोजना हुने भएको छ । कोशी प्रदेश विराटनगरमा असार १८ र १९ (जुलाई २ र ३) मा हुने फेस्टिभल नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ ले आयोजना गर्न लागेको हो ।

फेस्टिभलमा विसं २०७९ र २०८० सालमा निर्माण भएका चलचित्र, छोटा चलचित्र र वृत्तचित्रले सहभागिता जनाउन सक्नेछन् । हिमाल, पर्यटन र कला संस्कृतिसँग नजिक रहेका फिल्म फेस्टिभलको विशेष प्राथमिकतामा पर्नेछ । फेस्टिभलमा सहभागिता हुन चाहने फिल्मले यही असार ११ गते (जुन २५) भित्र आवेदन दिन सक्नेछन् ।

विभिन्न राष्ट्रिय स्तरका कलाकर्मीको समेत सहभागिता रहने फेस्टिभलमा चलचित्र प्रदर्शन, चलचित्रको संवाद लगायतका विभिन्न कार्यक्रम समेत आयोजना हुने फेस्टिभलको तयारी समेत सुरु भएको निर्देशक समाजका अध्यक्ष जनदीप पराजुलीले बताए ।

‘यो फेस्टिभल यसबर्ष कोशी प्रदेश विराटनगरमा आयोजना हुने भएपनि आगामी वर्षहरूमा हामीले देशभर लैजाने योजना बनाएका छौ’, पराजुलीले भने ‘फेस्टिभलले चलचित्र संस्कृतिको विकास गर्दै चलचित्र निर्माण र प्रदर्शनमा पनि सहयोग गर्नेछ ।’ फेस्टिभल भव्य र सव्य बनाउन आफूले कुनै कसुर बाँकी नराख्ने पराजुलीको धारणा रहेको छ ।

चलचित्र विकास बोर्डको सहकार्य रहेको फेस्टिभलमा किङडम इन्टरनेशनल र डब्लुसिसिएन सहयोगी संस्थाको रूपमा जोडिएका छन् । फेस्टिभलमा सहभागीताका लागि फर्म निर्देशक समाजको कार्यालय अनामनगरबाट उपलब्ध हुनेछ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
गृहमन्त्री लामिछाने विरुद्धको मुद्दा आज पनि हेर्न नमिल्नेमा 
पछिल्लो समाचार →
लिङदेनले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै रोष्टममै च्याते बजेट पुस्तिका

Leave a Comment

Your email address will not be published. Required fields are marked *