Latest News
Kathmandu

निश्चित मापदण्डको आधारमा बजेट बनाउनुपर्ने : प्रमुख सचेतक परियार

निश्चित मापदण्डको आधारमा बजेट बनाउनुपर्ने : प्रमुख सचेतक परियार

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले निश्चित मापदण्डको आधारमा बजेट बनाउनुपर्ने बताएका छन् ।

मंगलबार बजेटमाथिको छलफलमा भाग लिँदै उनले विगतदेखि नै बजेट निश्चित विधि र पद्धतिमा नबनेको भन्दै यसकारण बजेटको विरोध हुने गरेको बताए । उनले बजेटको समन्यायिक वितरण हुनुपर्ने बताए । परियारले अमुक मन्त्री हाबी हुने बजेट बनाउन बन्द गर्नुपर्ने बताए । उनले सबै निर्वाचन क्षेत्रमा निश्चित न्यूनतम बजेट जाने व्यवस्था गर्नुपर्ने बताए ।

उनले भने, ‘अब बजेट एउटा विधिमा बनाऔँ । एउटा पद्धतीमा बनाऔँ । यसलाई एउटा सुत्रमा बनाऔँ । समन्यायिक विकासको कुरा हामी सबै गर्छौ । तर समन्यायिक बजेट वितरण किन हुन सक्दैन रु अमुक मन्त्री हाबी हुने बजेट बनाउन अब हामी बन्द गरौँ ।’ उनले गृह मन्त्रालयको काम सम्मान गर्न लायक र सन्तुष्ट हुने खालको रहेको बताए ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
दोहारो अंकले घट्यो नेप्से
पछिल्लो समाचार →
महानगरले ‘वहुबर्षे शिक्षा नीति’लाई सहभागितामूलक बनाउने

Leave a Comment

Your email address will not be published. Required fields are marked *