Latest News
Kathmandu

दोहारो अंकले घट्यो नेप्से

दोहारो अंकले घट्यो नेप्से

काठमाडौँ। साताको तेस्रो कारोबार दिन सेयर बजार १८.७६ अंकले घटेर २०७६ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१८ कम्पनीको ९५ लाख ४४ हजार ७३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ । उक्त मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी बाराही हाइड्रोपावरको ६.०१ प्रतिशत, भगवती हाइड्रोपावरको ४.७१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज सबैभन्दा बढी बरुण हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ११ करोड २७ लाख ९८ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी हाइड्रोपावरको ११ करोड १३ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन एनआरएन इन्फ्रास्ट्रक्चरको १० करोड ३७ लाख ५५ हजार रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तको ९ करोड १४ लाख ८३ हजार रुपैयाँ र माण्डु हाइड्रोपावरको ९ करोड २२ लाख २६ हजार रुपैयाँको कारोबार भएको हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
राष्ट्रिय वाणिज्य बैंकको नयाँ साखा पाँचखालमा
पछिल्लो समाचार →
निश्चित मापदण्डको आधारमा बजेट बनाउनुपर्ने : प्रमुख सचेतक परियार

Leave a Comment

Your email address will not be published. Required fields are marked *