Latest News
Kathmandu

सर्वोच्चमा सेवा कटौतीको गृहकार्य, पूर्ण बैठक बोलाइयो

सर्वोच्चमा सेवा कटौतीको गृहकार्य, पूर्ण बैठक बोलाइयो

४ माघ, काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहर फैलिएपछि सर्वोच्च अदालतले सेवा कटौतीको गृहकार्य थालेको छ । त्यसका लागि आज दिउँसो सर्वोच्च अदालतको पूर्ण बैठक बोलाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा बैठकमा सहभागी नहुने भएका छन् । अरु न्यायाधीशहरुले सेवा कटौतीको निर्णय गर्ने र त्यसमा पछि प्रधानन्यायाधीश जबराले समेत हस्ताक्षर गर्ने तयारी गरिएको स्रोतले बतायो ।

यसअघि दुई पटकको लहरमा पनि सर्वोच्च अदालतले सेवा कटौती गरेर सीमित मुद्दामा मात्रै सुनुवाइ गरेको थियो ।

संक्रमण फैलिएपछि नेपाल बार एसोसिएसनले पनि २५ जना कानून व्यवसायीहरुलाई सीमित गरेर प्रधानन्यायधीश विरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आर्थिक वृद्धिको भुलभुलैया
पछिल्लो समाचार →
दूध उद्योगीलाई ७३ करोड अतिरिक्त आम्दानी सुनिश्चित !

Leave a Comment

Your email address will not be published. Required fields are marked *