Latest News
Kathmandu

आदर मल्टी ईन्भेष्टमेण्टले आईपीओ ल्याउदैँ 

आदर मल्टी ईन्भेष्टमेण्टले आईपीओ ल्याउदैँ 

काठमाडौं आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने निर्णय गरेको छ । आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेकोे छ । असार २ गते आयोजित एक कार्यक्रममा आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीको जारी पुँजी रकम १ अर्ब ७८ करोड ५८ लाख रुपैंयाको ३० प्रतिशत ले हुन आउने ५३ करोड ५७ लाख ४० हजार शेयर पूँजी बराबरको १०० रुपैंया अंकित दरको ५३ लाख ५७ हजार ४०० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

बिशेष गरी चिनिया सामानहरुको थोक व्यापार गर्ने केही व्यापारीहरुको संयुक्त लगानीमा, व्यापार गर्र्ने क्षेत्रमा आवश्यक न्युनतम सुविधाहरुको कमी हुँदै गएको तथा दिन प्रतिदिन समस्या थपिन थालेकाले बिकल्पहरुको खोजी रुपमा आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनी लिमिटेड स्थापना भएको हो ।
विभिन्न खाका अनुसार लगानीको वातावरण बनाएर बैंकसँगको सहकार्यमा का।म।पा। १४, बल्खुमा भएको करीब ३६ रोपनी भन्दा बढि जग्गा खरीद गरिएको हो । कम्पनिले उक्त जग्गामा कानुनका अधिनमा रहि व्यापारीक भवन निर्माण गरिसकेको छ । उक्त भवनमा जम्मा २,१५२ पसल रहेको छ भने सिभिल तर्फको काममा ८६ प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ । आगामी वर्षहरूमा थप आर्थिक पूर्वाधार लगायत जलविद्युत आयोजनाहरूमा समेत लगानी गर्दै जाने कम्पनीले जनाए

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध
पछिल्लो समाचार →
गृहमन्त्री लामिछानेको उपस्थितीमा योग विज्ञान शिविर कार्यक्रम सम्पन्न

Leave a Comment

Your email address will not be published. Required fields are marked *