Latest News
Kathmandu

आख्यानकार इन्द्रकुमार श्रेष्ठ सरित् को एक मुठी घाम लघुकथासंग्रहको लोकार्पण

आख्यानकार इन्द्रकुमार श्रेष्ठ सरित् को एक मुठी घाम लघुकथासंग्रहको लोकार्पण

काठमाडौँ बरिष्ठ आख्यानकार इन्द्रकुमार श्रेष्ठ सरित् को एक मुठी घाम लघुकथासंग्रहको लोकार्पण भएको छ। प्रतिनिधिसभाको सांसद् एवं पूर्वमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि रघुजी पन्त, कार्यक्रमका सभाध्यक्ष दिल पौडेल, लघुकथा कुनो का संस्थापक वरिष्ठ साहित्यकार नारायण तिवारी, भाषा आयोगका सदस्य डा।पुष्करराज भट्ट लगायतले कृतिको संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

प्रमुख अतिथि पन्तले नेपाली साहित्यको श्रीवृद्धिमा साहित्यकार सरित् ले उल्लेख भूमिका निर्वाह गरेको बताउँदै लोकार्पित कृतिमा प्रबल रूपमा युग चेतना रहेको बताए। भाषा आयोगका सदस्य डा।पुष्करराज भट्टले स्रष्टा सरित् लाई बधाई दिंदै लघुकथाबारे गहन विचार प्रस्तुत गरेका थिए। साहित्यकार गोपीन्द्र पौडेलले लघुकथा लेखनमा स्रष्टा यान्त्रिक सोचाइमा सीमित हुन नहुने बताए। उनले सरितका लघुकथाहरू संरचना, प्रस्तुति र विषयवस्तुको दृष्टिकोणले उम्दा रहेको पनि बताए। वरिष्ठ समालोचक डा।रमेश शुभेच्छुले कृतिमा नेताहरूको खलपात्रीय प्रवृत्ति, प्रशासनिक विकृतिको चिरफार र निम्न वर्गप्रति न्याय गरेको बताए।

लघुकथाकुनोका संस्थापक एवं वरिष्ठ कथाकार नारायण तिवारीले स्रष्टा सरित् समकालीन लेखक भएको बताउँदै अहिले लघुकथालाई यान्त्रिक बनाउँदै गएकोमा आफ्नो विमति रहेको बताए। साहित्यकार अच्युत घिमिरेले स्रष्टा सरित् कथा र लघुकथामा उत्तिकै उम्दा भएको बताउँदै लेखनमा जबर्जस्ती सिद्धान्तको भारी बोकाउँदा भन्न खोजेको कुरा राम्रोसँग भन्न नसकिने बताए। त्यस्तै समालोचक शैलजा पोखरेलले स्रष्टाले लघुकथामा राजनीतिक विकृतिलाई छोटो, मीठो र सहज रूपमा प्रस्तुत गरेको बताइन्।

लोकार्पित कृति एक मुठी घाम का स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरित् ले पाँच दशकको आफ्नो साहित्यिक यात्रा र उक्त कृति तयार पार्दाको अनुभव सुनाएका थिए। कार्यक्रमका आयोजक सुभाना भिडिया प्रालिका प्रबन्ध निर्देशक एवं पत्रकार शिव विक मिलनले स्वागत मन्तव्य राखेका थिए। प्राज्ञ चेतनाथ धमलाले अत्यन्त रोचक ढङ्गले सञ्चालन गरेको कार्यक्रममा विशिष्ट स्रष्टाहरू अमरदिप सुनुवार, डा।अर्पणा पोखरेल, गंगा खतिवडा, त्रिभुवनचन्द्र वाग्ले, बाबुकृष्ण भेटुवाल, सुजन विक, गुञ्जबहादुर बुढाथोकी, डा। छायादत्त न्यौपाने, डा।अपर्णा पोखरेल, त्रिभुवनचन्द्र वाग्ले, दीपक लोहनी, बोधराज पौडेल, श्रीराम राई, राजन न्यौपाने, वसन्तराज अज्ञात, संगीता पनेरु आदिको उपस्थिति रहेको थियो। उक्त लोकार्पित कार्यक्रममा सुभाना मिडिया प्रालिले साहित्यकार सरित् लाई सुभाना आख्यान सम्मान(२०८१ बाट सम्मान पनि गरेको थियो।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता 
पछिल्लो समाचार →
नेप्सेमा दोहोरो अंकको गिरावट

Leave a Comment

Your email address will not be published. Required fields are marked *