Latest News
Kathmandu

योे वर्ष एसईई परिक्षा चैत ७ गतेदेखि हुने

योे वर्ष एसईई परिक्षा चैत ७ गतेदेखि हुने

काठमाडौँ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको कार्यतालिका अनुसार यो वर्षको एसईई चैत ७ गतेदेखि हुने भएको छ । बोर्डले पहिलो पटक मितिसहितको तालिका सार्वजनिक गरेको हो । परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने भएको छ । सार्वजनिक गरिएको वार्षिक कार्य योजना अनुसार कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण २०८१ कात्तिक १ देखि कात्तिक मसान्तसम्म गरिनेछ । त्यस्तै कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने २०८१ कात्तिक २६ गतेदेखि पौष ७ गतेसम्म हुनेछ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
गुलशनलाई गाली गर्नु ठिक होइनः कप्तान पौडेल
पछिल्लो समाचार →
यस्तो रहनेछ आज दिनभरको मौसम

Leave a Comment

Your email address will not be published. Required fields are marked *