Latest News
Kathmandu

गुलशनलाई गाली गर्नु ठिक होइनः कप्तान पौडेल

गुलशनलाई गाली गर्नु ठिक होइनः कप्तान पौडेल

काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसकेको स्वीकारेका छन् ।

अमेरिका र र वेस्टइन्डिजमा जारी टी-२० विश्वकपमा समूहका सबै तीन खेलमा हारेर फर्किएपछि पौडेलले यस्तो स्वीकार गरेका हुन् । नेपालले समूह चरणका अन्तिम दुई खेलमा टेस्ट टोलीविरुद्ध बलिङतर्फ कडा टक्कर दिएको थियो । तर ब्याटिङक फ्लप सावित हुँदा ‘सुपर एट’मा नपुगी घर फर्किएको छ । एसोसियट राष्ट्रबाट अमेरिकाले अन्तिम ८ को यात्रा गरेको छ । बिहीबार भएको पत्रकार सम्मेलनका क्रममा रोहितले पिचको अवस्था र नेपालको ब्याटिङ लाइनअप चल्न नसक्दा हार भोग्न बाध्य भएको बताए । ‘त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो’, उनले हारबारे व्याख्या गरे । ब्याटिङतर्फ गतिलो प्रदर्शन गर्न नसक्नु नै हारको कारण भएको पनि उनले स्वीकारेका छन् ।

पौडेलले कुनै पनि खेलाडी आफ्नै देशलाई हराउन मैदान नछिर्ने तर्क गरे । उनले देशलाई जिताउनकै लागि खेलाडीहरूले सक्दो कोसिस गर्ने पनि बताए । खेलाडीहरूलाई लगाइने अनावश्यक आरोपले मनोबल कमजोर हुने पनि उनले बताए । आगामी दिनमा क्रिकेटमा आउन चाहनेहरूलाई पनि यस्ता आरोपले असर गर्ने बताउँदै खासगरी गुलशन झाप्रति गरिएको टिप्पणी र आलोचना गलत रहेको उल्लेख गरे । पौडेलले गुलशनबारे नकारात्मक टिप्पणी र आलोचनाले अरु खेलाडीको पनि मनोबल खस्किने बताए । उनले गुलनशनकै योगदानले नेपाली क्रिकेट यहाँसम्म आएको बताउँदै यो विश्वकपबाट टोलीले धेरै सक्ने मौका पाएको पनि उल्लेख गरे ।खासगरी बलियो राष्ट्रट दक्षिण अफ्रिकाविरुद्धको नतिजा ब्याटरकै कारण उम्किएको आरोप लागिरहेको छ । यस्तोमा गुलशनलाई उक्त म्याचको हारको दोष लगाउने गरिएको छ ।

‘उक्त खेलमा पराजयले फ्यानहरूभन्दा धेरै दुस्खी गुलशन भएको थियो’, उनले भने, ‘फ्यानहरूले उनकै अगाडि तिमीले गर्दा नेपाल हारेको भनिदिए। त्यस्तो कुराले नराम्रो लागेको छ । अबदेखि त्यस्तो नहोस् । गुलशनकै कारण हामीले धेरै एक्सपोजर पायौँ ।’रोहितले विश्वकपमा गुलशनले आफूले सक्दो कोसिस गरेको पनि बताए । गुलशनबारे जथाभावी टिप्पणी उचित नभएको पौडेलले पटक पटक दोहोर्‍याए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेप्सेमा दोहोरो अंकको गिरावट
पछिल्लो समाचार →
योे वर्ष एसईई परिक्षा चैत ७ गतेदेखि हुने

Leave a Comment

Your email address will not be published. Required fields are marked *