Latest News
Kathmandu

एनबी बैंकको कामु सीईओमा पाण्डे नियुक्त

एनबी बैंकको कामु सीईओमा पाण्डे नियुक्त

४ माघ, काठमाडौं । नेपाल बंगलादेश बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्बेवारी बैंकर भुपेन्द्र पाण्डेले पाएका छन् । केही साता पहिले वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका पाण्डेलाई आइतबारदेखि कामु सीईओको जिम्बेवारी दिइएको हो ।

बैंकका तत्कालिन सीईओ ज्ञानेन्द्र ढुंगाना दुई कार्यकाल पुरा गरेर बैंकबाट बिदा भएपछि पाण्डेले बैंकको कमाण्ड सम्हालेका हुन् । दुई दशकलदेखि बैंकिङ सेवामा सक्रिय पाण्डे यस अघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नायव प्रमुख कार्यकारी अधिकृत थिए ।

राष्ट्रिय वाणिज्य बैंकको नायव प्रमुख कार्यकारी अधिकृतबाटै अवकास लिएका पाण्डेले कार्यबाहक सीईओको रुपमा निफ्रामा पनि केही महिना नेतृत्व गरिसकेका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भाइबरको अध्ययन : २०२१मा कसरी मेसेज, कल र एप प्रयोग गर्दै थिए नेपालीहरू ?
पछिल्लो समाचार →
आयाल निगमले भन्यो–तेल किन्न ऋण लिनु पर्ने अवस्था आयो

Leave a Comment

Your email address will not be published. Required fields are marked *