Latest News
Kathmandu

आज गोलभेडा, स्थानीय काउली,लौका, घिरौलादेखि सागसम्मको मूल्य कति ?

आज गोलभेडा, स्थानीय काउली,लौका, घिरौलादेखि सागसम्मको मूल्य कति ?

काठमाडौँ  आज काठमाडौँमा गोलभेडा, स्थानीय काउली, आलु, सिमी, करेला, लौका, घिरौलादेखि सागसम्मको मूल्य प्रतिकेजी ५० रुपैयाँभन्दा कम तोकिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज सानो लोकल गोलभेडा प्रतिकेजी १२ रुपैयाँ ४० पैसा, टनेल गोलभेडा १५ रुपैयाँ ६० पैसा, मुडेको आलु र भारतीय रातो आलु ४९ रुपैयाँ, स्थानीय काउली र सिमी प्रतिकेजी ५० रुपैयाँ, लोकल बन्दा २२ रुपैयाँ ५० पैसा, हाइब्रीड सेतो मूला, डल्लो भन्टा र हरियो तरबुजा प्रतिकेजी ४५ रुपैयाँ पर्नेछ ।

यसैगरी, लाम्चो भन्टा प्रतिकेजी ३५ रुपैयाँ, तितो करेला र हरियो फर्सी प्रतिकेजी ३० रुपैयाँ, चिचिण्डो र तोरीको साग २५ रुपैयाँ, घिरौला र माछे खुर्सानी ३६ रुपैयाँ, रायोको साग ४६ रुपैयाँ ६७ पैसा, हाइब्रीड काक्रो ३१ रुपैयाँ २५ पैसा र रुख कटहर ४६ रुपैयाँ तोकिएको छ । 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कति पुग्यो डलरको भाउ?
पछिल्लो समाचार →
माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा फोरजी मोबाइल सेवा विस्तार

Leave a Comment

Your email address will not be published. Required fields are marked *