Latest News
Kathmandu

एक हप्ताभित्र दक्षिणी मेक्सिकोमा दुई मेयरको हत्या

एक हप्ताभित्र दक्षिणी मेक्सिकोमा दुई मेयरको हत्या

काठमाडौँ दक्षिणी मेक्सिकोका एक नगरप्रमुखको हत्या भएको एक हप्ताभन्दा कम समयमा अर्का नगरप्रमुखको पनि हत्या भएको स्थानीय अधिकारीले बताएका छन् ।

गत २ जुनमा गुएरेरो राज्यका अर्का मेयर साल्भाडोर भिल्लाबा फ्लोरेसको हत्या भएको केही दिनपछि मालिनाल्टेपेकबाट प्रतिनिधित्व गर्ने अकासियो फ्लोरेसको हत्या भएको हो ।मालिनाल्टेपेकमा एक भ्यानको पछाडि गोली लागेको अवस्थामा फ्लोरेसको शव फेला परेको एक मानवअधिकार अभियानकर्मीले एएफपीलाई बताए ।

आदिवासी समुदायमा गएका समय बिहीबार पक्राउ परेपछि अधिकारकर्मी ती नेतालाई रिहा गर्न वार्तामा जुटेका थिए । गुरेरोका सरकारी अभियोजकले हत्याको अनुसन्धान सुरु गरिएको र सम्भावित जग्गाको स्वामित्व विवादलाई पनि अनुसन्धानको हिस्सा बनाइएको बताएका छन् ।गत सेप्टेम्बरमा मेक्सिकोको चुनावी अभियान सुरु भएयता करिब ३० जना राजनीतिक उम्मेदवारको हत्या भइसकेको गैरसरकारी संस्था डाटा सिभिकाले जनाएको छ । मेक्सिकोको प्रशान्त महासागरीय तटमा रहेको लागुऔषध ओसारपसार र हिंसाबाट सबैभन्दा बढी प्रभावित राज्यमध्ये एक गुरेरोमा सन् २०२३ मा एक हजार ८९० जनाको हत्या भएको थियो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मुख्य सचिव वैकुण्ठ निलम्बित
पछिल्लो समाचार →
विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *