Latest News
Kathmandu

एसईईको नतिजा यसै साता सार्वजानिक गर्ने तयारी

एसईईको नतिजा यसै साता सार्वजानिक गर्ने तयारी

काठमाडौँ राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा प्रकाशन गर्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ । एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ ।नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ । यसैगरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिन्छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
काठमाडौँका धाराहरुमा आज देखि मेलम्चीको खानेपानी नआउने
पछिल्लो समाचार →
छैटौं सिजनको ‘वेबसाइट कम्पिटिसन’का विजेता घोषणा

Leave a Comment

Your email address will not be published. Required fields are marked *