काठमाडौँससशस्त्र प्रहरी बल नेपालले १८ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र २३७ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमाण्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई कमाण्ड जिम्मेवारी भन्दा अन्यत्र सरुवा गरिएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षकहरुलाई गत असोज १ गते प्रकाशित सशस्त्र प्रहरी नायब उपरीक्षकहरुको कमाण्ड पूर्वानुमान सूचीको आधारमा असार ९ गते सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरुमा सरुवा गरिएको हो ।
सशस्त्रका सहप्रबक्ता डिएसपि शैलेन्द्र थापाका अनुसार दुई वर्ष अवधि पूरा भएका र कमाण्डको जिम्मेवारीमा रहेका नायब उपरीक्षकहरुको एकैपटक सरुवा गरिएको हो । सरुवा गरिएकामध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको जिम्मेवारी पाएका छन् ।
पूर्वानुमान सूची अनुसार कमाण्ड जिम्मेवारीमा खटिन बाँकी रहेका र अन्य सशस्त्र प्रहरी नायब उपरीक्षकहरुलाई समेटी आगामी कमाण्डका लागि सङ्गठनले छिट्टै नयाँ पूर्वानुमान सूची प्रकाशन गर्ने योजना रहेको छ ।
सशस्त्र प्रहरी बल नेपालले विगत दुई वर्षदेखि सशस्त्र प्रहरी उपरीक्षकदेखि निरीक्षकसम्म करीव १० महिना अघिदेखि नै ज्येष्ठता क्रम अनुसार कमाण्ड पूर्वानुमान सूची प्रकाशित गरी सोही अनुसार कमाण्डमा पठाउँदै आएको छ ।

Leave a Comment