Latest News
Kathmandu

घटबढ भएन सुनको मूल्य

घटबढ भएन सुनको मूल्य

काठमाडौँ नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले हिजो सोमबारकै मूल्यमा आजपनि कारोबार सुरु भएको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ कायम छ ।

यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १८ सय १५ छ । हिजो १८ सय २० मा किनबेच भएको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
पछिल्लो समाचार →
जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली चलचित्र महोत्सव आजदेखि सुरु

Leave a Comment

Your email address will not be published. Required fields are marked *