Latest News
Kathmandu

मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमै रहने

मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमै रहने

काठमाडौँ भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमै रहने भएका छन् । उच्च अदालतले दिल्ली मदिरा घोटालामा मुछिएका केजरीवाललाई जमानतमा रिहा गर्न इन्कार गरेको हो ।

उच्चले घोटाला काण्डमा सही ढङ्गले बहस हुन नसकेको भन्दै जमानत दिन अस्वीकार गरेको हो ।
यसअघि तल्लो अदालतले भने उनलाई जमानत दिएको थियो । त्यसलगत्तै प्रवर्तन निर्देशालय (ईडी) ले उच्च अदालतमा रिट हालेको थियो । सोका आधारमा उच्च अदालतले तत्ललो अदालतको जमानत रद्द गर्दै तिहाड जेलमै पठाउन आदेश दिएको हो ।

उनलाई तल्लो अदालतले २० जुनमा जमानत दिएको भए पनि २१ जुनमा ईडीले उच्च अदालतमा निवेदन दिएको थियो । त्यसपछि केजरीवालको जमानत रोकिएको थियो । अब बुधबार सर्वोच्च अदालतमा केजरीवालको जमानतबारे फैसला हुनेछ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
०.२७ प्रतिशतले बढ्यो नेप्से
पछिल्लो समाचार →
यस्तो रहनेछ आज दिनभरको मौसम 

Leave a Comment

Your email address will not be published. Required fields are marked *