Latest News
Kathmandu

०.२७ प्रतिशतले बढ्यो नेप्से

०.२७ प्रतिशतले बढ्यो नेप्से

काठमाडौँ मंगलबार नेप्से परिसूचक ५.६० अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार नेप्से ०.२७ प्रतिशतले वृद्धि हुँदै २ हजार ७१.७७ बिन्दुमा पुगेको हो ।

यस दिन ९४ लाख ३५ हजार ४५४ कित्ता बराबरको सेयर किनबेच हुँदै ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार १३ उपसूचकमध्ये ८ समूहको सेयर धनात्मक देखिएको छ भने बाँकीको ऋणात्मक भएको छ । यसदिन विकास बैंक समूहको सेयर सबैभन्दा बढी १३.०८ प्रतिशत वृद्धि भएको छ ।
नेप्सेका अनुसार ग्लोबल आईएमई बैंकको डिबेन्चरमा सकारात्मक सर्किट लागेको छ । यस्तै साधना लघुवित्त वित्तीय संस्थाको सेयरमा नेगेटिभ सर्किट लाग्यो । यसदिन आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा धेरै कारोबार भयो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बाजुरामा नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह
पछिल्लो समाचार →
मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमै रहने

Leave a Comment

Your email address will not be published. Required fields are marked *