Latest News
Kathmandu

बाजुरामा नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह

बाजुरामा नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह

काठमाडौँ साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ । नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भीड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो ।

कार्यालय प्रमुख टेकबहादुर बुढाले जिल्लाका तीन वटै क्षेत्रमा नुनको आवश्यक मौज्दात यथावत् रहेको बताए । उनले वर्षायाममा नुन ढुवानीमा समस्या हुने गरेकाले आइतबार मात्रै बिक्री गर्ने गरिएको जानकारी दिए ।

उनका अनुसार मार्तडीमा दुई सय ७३ क्विन्टल, कोल्टीमा ३ सय ८७ क्विन्टल र मौरेमा ७५ क्विन्टल नुन मौज्दात छ । ‘वर्षाको समयमा ढुवानी गर्दा समस्या हुने देखेर आइतबार मात्रै नुन बिक्री गन थालेपछि नुन अभावको हल्ला फैलिएको हुनसक्छ’, उनले भने, ‘हल्ला फैलिएपछि एकै घरका चार जनासम्म नुन लिन आएको पाइएको छ ।’

स्थानीय गोरख धामीले नुनको अभावको कुरा सुनेपछि आफू लाइन बस्न आएको बताए । ‘नुनको कोटा काटिएको र नुन ढुवानी नहुने खबर सुनेपछि हामीहरू कार्यालय आएका हौँ, तर यहाँ नुनको मौज्दात पर्याप्त रहेको जानकारी पाइयो’, उनले भने ।

बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पनि नुनको अभाव नभएको भन्दै भीड नगर्न आग्रह गरे । उनका अनुसार प्रशासनले नुन र खाद्यान्नको मौज्दातको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
वेष्टइन्डिजलाई ३ विकेटले हराउँदै अफ्रिका सेमिफाइनलमा
पछिल्लो समाचार →
०.२७ प्रतिशतले बढ्यो नेप्से

Leave a Comment

Your email address will not be published. Required fields are marked *