Latest News
Kathmandu

घट्यो सुन–चाँदीको मूल्य

घट्यो सुन–चाँदीको मूल्य

काठमाडौँ नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ।

मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला सात सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १८ सय १५ रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला २५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आज अमेरिकी डलर सहित कतारी रियलसम्मको सटहि दर कति ?
पछिल्लो समाचार →
पाल्पाको आगामि बजेट ६ अर्ब ९७ करोड रुपैयाँ

Leave a Comment

Your email address will not be published. Required fields are marked *