Latest News
Kathmandu

सेरेस–थ्रीको नयाँ मोडल लन्च

सेरेस–थ्रीको नयाँ मोडल लन्च

काठमाडौँ एमएडब्लू वृद्धि मोटोकर्पले सेरेस–थ्रीको नयाँ मोडल लन्च गरेको छ । कम्पनीले बुधबार सोल्टी होटलमा आयोजित एक कार्यक्रममार्फत सेरेस–थ्रीको नयाँ मोडल लन्च गरेको हो ।

न्यू इनर्जी भेहिकल ब्राण्ड सेरेस थ्रीको नयाँ अपग्रेडेड मोडल कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ । जसमा कम्फर्ट भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सेरेस थ्री सार्वजनिक गर्दै एमएडब्लू ग्रूपका अध्यक्ष विष्णुकुमार अग्रवालले आधुनिक विद्युतीय गाडी उपभोक्तालाई दिने कम्पनीको योजनमा नयाँ सेरेस थप बलियो रहने बताए। अग्रवालका अनुसार छोटो अवधिमा नै एक लाख गाडी बुक भएको छ । सेरेस–थ्री यूरोपियन बजारमा प्रवेश गर्ने पहिलो चिनियाँ विद्युतीय गाडी९ईभी० हो । यो ईभी अन्य ईभीभन्दा सहज भएको ग्राहकहरुको भनाइ छ ।

सेरेस थ्री फेसलिफ्टको विशेषताहरू :

सेरेस थ्रीमा १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स छ । यसमा ९९ किलोवाटको मोटर छ । ब्याट्री भने ५४ किलोवाट आवर क्षमताको छ । आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित सेरेस–थ्रीले आरामदायिक डबल कुशन सीटहरूका साथसाथै प्रर्याप्त हेडरूम र लेगरूम दिएको छ ।

चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली सिटहरू, ३६० डिग्री क्यामेरा, ड्यास क्याम, एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल–टाइम अफलाइन जीपीएस पाउन सकिन्छ ।यसमा ३००ं किमी रेन्ज, १९० मिमी उचाइ, गियर प्रणाली स्वचालित जस्ता विशेषताहरु छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सुनको मुल्यमा गिरावट
पछिल्लो समाचार →
मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक टु व्हीलर प्रायोजकको रुपमा टिभिएस एन्टर्क

Leave a Comment

Your email address will not be published. Required fields are marked *