Latest News
Kathmandu

सुनको मुल्यमा गिरावट

सुनको मुल्यमा गिरावट

काठमाडौँ नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ४० हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार १०० कायम भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ७८० रुपैयाँ कायम भएको छ । बुधवार १ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार भने सामान्य गिरावट आएको हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एसईईको नतिजा सार्वजनिक
पछिल्लो समाचार →
सेरेस–थ्रीको नयाँ मोडल लन्च

Leave a Comment

Your email address will not be published. Required fields are marked *