Latest News
Kathmandu

आज मदन भण्डारीको ७३औँ जन्मजयन्ती

आज मदन भण्डारीको ७३औँ जन्मजयन्ती

काठमाडौं मदन भण्डारी फाउन्डेसनको आयोजनामा आज नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ । आज राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम तय गरिएको छ ।

विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा नेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।

विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा परी निधन भएको थियो । जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नवीन प्रयोगकर्ता तथा विचारक रहेका थिए ।एमालेकै नेतृत्वमा पटक पटक सरकार बने पनि उक्त हत्याकाण्ढको रहष्य पत्ता लगाउनेतर्फ सरकारले चासो दिएन । यस बीचमा मदनकी श्रीमती विद्या भण्डारी पनि राष्टपति बनिन । तर हत्यको छानविन गरी घटनाको सत्यतथ्य पत्ता लगाउने प्रयास भएन ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आज कहाँ कहाँ पर्छ पानि ?
पछिल्लो समाचार →
महानगरपालिकालाई जिम्मेवारी थप गर्न आवश्यक : सांसद पूर्णबहादुर

Leave a Comment

Your email address will not be published. Required fields are marked *