Latest News
Kathmandu

आज कतिमा हुदैँछ सुनको कारोबार ?

आज कतिमा हुदैँछ सुनको कारोबार ?

काठमाडौँ आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ७९० रुपैयाँ कायम भएको छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आज कहाँ कहाँ पर्छ पानि ?
पछिल्लो समाचार →
बलात्कार घटनाका अपराधीलाई कठोर कानुनी कारबाही गर्न सरकारसँग माग

Leave a Comment

Your email address will not be published. Required fields are marked *