Latest News
Kathmandu

यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य

यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य

काठमाडौं कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो धनियाको मूल्य अकासिएको छ ।

अघिल्लो दिन ६० रुपियाँमा कारोबार भएको हरियो धनिया आज बढेर १७२ रुपियाँ पुगेको छ । किलोमा ११२ रुपियाँले महँगिएको हो । त्यसैगरी आज ब्रोकाउलीको भाउ भने घटेको छ । बुधबार प्रतिकिलो १५० रुपियाँमा बिक्री भइरहेको ब्रोकाउली अघिल्लो दिन भने १९० रुपियाँमा किनबेच भएको थियो ।

मंगलबारको तुलनामा आज ४० रुपियाँ सस्तो भएको हो । त्यसैगरी, बुधबार कालिमाटीमा नेपाली ठूलो गोलभेंडा ६६, सानो लोकल गोलभेंडा २२, गाजर ६५, लोकल मूला ५६, राजमा घिउसिमी १२५, तितेकरेला ४६, लौका ६४ र भिन्डीको मूल्य प्रतिकिलो ७८ रुपियाँ निर्धारण गरिएको कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बालाजु जाने सडकमा ढल फुटेर आवागन प्रभावित
पछिल्लो समाचार →
बढ्यो सुनको मुल्य, चाँदीको कति ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *