काठमाडौं कालिमाटी फलफूल तथा तरकारी बजारमा कुरिलोको मूल्य बढेको छ भने छ्यापीको मूल्य घटेको छ । हिजो २१० रुपियाँ प्रतिकिलो कारोबार भएको कुरिलो आज बढेर २२६ रुपियाँ पुगेको छ । किलोमा १६ रुपियाँले बढेको हो ।
त्यसैगरी छ्यापी भने ६० रुपियाँले सस्तिएको छ । आज कालिमाटीमा छ्यापी ९५ रुपियाँमा बिक्री भइरहेको छ, जुन अघिल्लो दिन १५५ रुपियाँ थियो ।
त्यसैगरी, बिहीबार नेपाली ठूलो गोलभेंडा ७५, मुडेको आलु ४९, लोकल बन्दा २२, मकैबोडी ९५, लौका ४५, हरियो फर्सी ३५, तामा ९५ र अदुवाको मूल्य प्रतिकिलो २३३ रुपियाँ निर्धारण गरिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

Leave a Comment