Latest News
Kathmandu

१ लाख रुपैयाँ घुससहित एक जना अख्तियारको नियन्त्रणमा

१ लाख रुपैयाँ घुससहित एक जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख रुपैयाँ घुससहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्तलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।सेवा सुविधा दिन सहजीकरण गरिदिने भन्दै घुस मागेको उजुरीका आधारमा दत्तलाई आइतबार कारागार प्रशासकको निवासबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । यस्तै उनको साथबाट स्रोत नखुलेको थप पचास हजार रुपैयाँसमेत बरामद गरिएको अख्तियारको भनाइ छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
‘प्रचण्ड’ नेतृत्वको सरकारले विदेशबाट हुर्रा र मुर्रामात्रै ल्यायो : सांसद सुनिल
पछिल्लो समाचार →
मनकामना स्मार्ट लघुवित्त सेयर कारोबार रोक्का

Leave a Comment

Your email address will not be published. Required fields are marked *