काठमाडौँ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का हुने जनाएको छ ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने कार्य सम्पन्न भई असार २४ गतेदेखि दुई कम्पनीबीच एकीकृत कारोबार हुने भएकाले उक्त कम्पनीको कारोबार भोलि देखिनै रोक्का हुने नेप्सेले जनाएको हो ।
नेप्सेले दुबै कम्पनीको कारोबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु हुने भएकाले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ( ९३) बमोजिम मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार असार २४ गतेदेखि लागू हुने गरी रोक्का गर्ने जनाएको छ ।

Leave a Comment