काठमाडौं जल पूर्वअनुमान महाशाखाले आजबाट मनसुनको सक्रियता कम हुने जनाएको छ । न्यून चापिय रेखा भोलि देखि क्रमिकरुपमा दक्षिण तिर सर्दै जाने भएकोले नेपालमा मनसुनको सकृयतामा कमी आइ भोलि देखि नेपालमा वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ। जसमा केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। तसर्थ वर्षाको कारण भू(क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको, खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन९जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी रहने पर्ने निर्देशन दिएको छ ।

Leave a Comment