Latest News
Kathmandu

विदेशि मुद्राको विनिमय दर, कुन देशको कति ?

विदेशि मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौं नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार अमेरिकी डलर र बेलायती पाउन्ड स्टर्लिङको सटही दर बढेको छ भने युरोपियन युरोको सटही दर घटेको छ ।

यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.३० रुपियाँ र बिक्री दर १३३.९० रुपियाँ तोकिएको छ, जुन हिजो खरिद १३३.२८ रुपियाँ र बिक्री १३३.८८ रुपियाँ थियो । त्यस्तै, अघिल्लो कारोबार दिन पाउन्ड १ को खरिद मूल्य १७०.७३ रुपियाँ र बिक्री मूल्य १७१.५० रुपियाँ रहेकामा आज भने खरिद १७०.९६ रुपियाँ र बिक्री १७१.७३ रुपियाँ निर्धारण गरिएको छ । त्यसैगरी यसदिन युरो १ को खरिद दर १४४.३५ रुपियाँ र बिक्री १४५ रुपियाँ रहेको छ । अघिल्लो दिनमा राष्ट्र बैंकले सोही मुद्राको खरिद १४४.४५ रुपियाँ र बिक्री १४५.१० रुपियाँ थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
यस्तो रहनेछ आगामि तीनदिन सम्मको मौसम
पछिल्लो समाचार →
यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य

Leave a Comment

Your email address will not be published. Required fields are marked *