Latest News
Kathmandu

घटबढ भएन सुनको मुल्य 

घटबढ भएन सुनको मुल्य 

काठमाडौँ नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ। मंगलबार प्रतितोला नौ सय रूपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।  त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १८ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य
पछिल्लो समाचार →
नेप्सेमा २३ अंकको वृद्धि

Leave a Comment

Your email address will not be published. Required fields are marked *