Latest News
Kathmandu

सुनको मुल्यमा नयाँ रेकर्ड कायम

सुनको मुल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं शुक्रबार सुनको भाउमा फेरि नयाँ रेकर्ड बनेको छ । यसअघि आइतबार बनेको उच्च मूल्य रेकर्ड ६ दिनमै तोडिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ तोकेको छ । जुन अघिल्लो दिनको तुलनामा १८ सय महँगो हो भने हालसम्मकै उच्च हो । यसअघि गत आइतबार १ लाख ४५ हजार ४ सय रुपैयाँ मूल्य रेकर्ड बनेको थियो ।

चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १९०० कायम भएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रधानमन्त्री प्रचण्डले आजै निजी निवास खुमलटार जाने
पछिल्लो समाचार →
प्रधानमन्त्री दाहाल पदमुक्त

Leave a Comment

Your email address will not be published. Required fields are marked *