Latest News
Kathmandu

प्रधानमन्त्री प्रचण्डले आजै निजी निवास खुमलटार जाने

प्रधानमन्त्री प्रचण्डले आजै निजी निवास खुमलटार जाने

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजै सरकारी निवास बालुवाटार छोड्ने भएका छन् । प्रधानमन्त्री सचिवालयका अनुसार संसदमा विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि उनी सिधै निजी निवास खुमलटार जाने भएका हुन् ।

विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ११ पुस ०७९ मा प्रधानमन्त्री भएका थिए । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
गरिमा बैंकको शेयर विक्रीमा
पछिल्लो समाचार →
सुनको मुल्यमा नयाँ रेकर्ड कायम

Leave a Comment

Your email address will not be published. Required fields are marked *