Latest News
Kathmandu

बिहीबारदेखि वर्षाको सम्भावना

बिहीबारदेखि वर्षाको सम्भावना

५ माघ, काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि मौसम बदली हुने, पानी पर्ने र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो प्रणालीको प्रभावले शनिबारसम्मै मौसम प्रतिकूल हुन सक्ने पूर्वानुमान मौसमविदले गरेका छन् ।

अहिले प्रदेश नं १ र मधेश प्रदेश लगायत पहाडी भूभागहरुमा आंशिक बदली र तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ । आज राति र भोलि (बिहीबार) सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पानी पर्ने मौसमविद मञ्जु वासीले बताइन् ।

त्यसपछि अन्य प्रदेशमा पनि यसको प्रभाव फैलिंदै जाने छ । ‘यो प्रणालीको प्रभावले उच्च भूभागमा हिमपात पनि हुन्छ, पानी पनि पर्छ’, मौसमविद वासीले भनिन् । काठमाडौं उपत्यकामा शुक्रबार र शनिबार हल्का पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिइन् ।

बिहीबारबाट हरेक प्रदेशहरुका थोरै-थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

शुक्रबार पश्चिमी भूभागका साथै गण्डकी, लुम्बिनी, बागमती, प्रदेश १ का पहाडी भूभाग र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी भूभागमा हल्का हिमपात हुनसक्ने अनुमान छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पीएम कप टी-२० फाइनल : पुलिसले टस जितेर फिल्डिङ रोज्यो
पछिल्लो समाचार →
शुक्रबारदेखि मनकामना मन्दिरमा सर्वसाधारणलाई प्रवेशमा रोक

Leave a Comment

Your email address will not be published. Required fields are marked *