Latest News
Kathmandu

सुदूरपश्चिमले जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्ने

सुदूरपश्चिमले जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेको छ ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरण र पहिलो क्वालिफायरमा जनकपुर र सुदूरपश्चिमले एक अर्काको सामना गरेका थिए ।

दुवै भेटमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो । लिग चरणको १८औं खेलमा सुदूरपश्चिम र जनकपुर आमनेसामने भएका थिए । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनको फराकिलो हार बेहोरेको थियो ।

पहिलो क्वालिफायर जित्दै सुदूरपश्चिमले सिधैं फाइनल यात्रा तय गरेको थियो । जनकपुर भने दोस्रो क्वालिफायरको बाटो हुँदै फाइनलसम्म पुगेको हो ।

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
वैद्यखानाको अनुगमन गर्दै मन्त्री पौडेलले भने : ‘तलवका लागि पैसा दिन सक्दैनौं’
पछिल्लो समाचार →
सुदूरपश्चिमले जनकपुरलाई दियो १ सय ८५ रनको लक्ष्य

Leave a Comment

Your email address will not be published. Required fields are marked *