Latest News
Kathmandu

सङ्क्रमितले कुन-कुन अस्पतालमा पाउँछन् निःशुल्क उपचार ? (सूचीसहित)

सङ्क्रमितले कुन-कुन अस्पतालमा पाउँछन् निःशुल्क उपचार ? (सूचीसहित)

५ माघ,काठमाडौँ । सरकारले ७८ अस्पतालमा कोरोनाभाइरस सङ्क्रमितका लाथि निःशुल्क उपचारका व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतमा रहेका ७८ वटा अस्पतालमा कोभिड-१९ केअर यूनिट सञ्चालन गरी संक्रमित बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको हो ।

ती अस्पतालहरुमा जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र केन्द्रका अस्पतालहरू छन् । सरकारले तोकेका अस्पताल वा आइसोलेशन सेन्टरमा निःशुल्क सेवा लिनका लागि बिरामीमा कोभिड पुष्टि भएको हुनुपर्छ ।

त्यसरी सङ्क्रमित भएर आइसोलेशनमा बस्न जाने वा उपचार गर्ने बिरामी सरकारले तोकेका अस्पतालमा गए उनीहरूको उपचार निःशुल्क हुनेगरी हालै मन्त्रिपरिषद्ले निर्णय गरेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । ‘सङ्क्रमण पुष्टि भएका व्यक्तिले निःशुल्क रूपमा आइसोलेशनको सेवा पाउन सक्नुहुन्छ भने केही व्यक्ति अलि स्वास्थ्य जटिलता भएर अस्पताल जानुपर्‍यो भने सरकारी अस्पतालको हकमा निस्शुल्क हुने व्यवस्था गरिएको छ,’ उनले भने ।

सरकारी अस्पतालमा संक्रमितको चाप बढेमा निजीमा पनि निःशुल्क उपचारका व्यवस्था गरिने भएको छ । ‘सरकारी अस्पतालहरूले नपुग्ने अवस्था हुँदा स्वास्थ्य मन्त्रालयले अरू निजी अस्पतालहरूसँग पनि सम्झौता गरेर निःशुल्क हुने प्रबन्ध मिलाउँछ,’ सहप्रवक्ता अधिकारीले भने, ‘यस्ता अस्पतालमा सङ्क्रमितको उपचार गर्दा लागेको खर्च स्वास्थ्य मन्त्रालयले सम्बन्धित अस्पताललाई उपलब्ध गराउनेछ ।’

यी हुन् नि:शुल्क उपचार पाउन तोकिएका अस्पताल  :-

नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन देखा परेपछि सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढिरहेका बेला सरकारले विगतमा जस्तै कोभिड भएका बिरामीको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । मंगलबार एकैदिन अहिलेसम्मकै धेरै १० हजार २५८ संक्रमित थपिएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भारतको लडाकु पानीजहाजमा विष्फोट, ३ जनाको मृत्यु
पछिल्लो समाचार →
स्मार्ट लकडाउन, यी २६ बुँदा पालना नगरे कारबाही !

Leave a Comment

Your email address will not be published. Required fields are marked *