Latest News
Kathmandu

स्मार्ट लकडाउन, यी २६ बुँदा पालना नगरे कारबाही !

स्मार्ट लकडाउन, यी २६ बुँदा पालना नगरे कारबाही !

५ माघ,काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि थप कडाइ गरिएकाे छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउन कडा पार्ने गरी नयाँ आदेश जारी गरेसँगै आजदेखि थप कडाइ गरिएकाे हाे ।

नयाँ आदेश माघ मसान्तसम्म आमसभा, जुलुस, सभा–सम्मेलन, आम भेलाजस्ता एकै ठाउँमा धेरै मानिसको उपस्थित हुने गतिविधिमा प्रशासनले रोक लगाएको छ । गोष्ठी, भेला, सेमिनार, बैठक, समीक्षाजस्ता कार्यक्रम तथा क्रियाकलाप नगर्न, भर्चुअल माध्यमबाट त्यस्ता कार्यक्रम गर्न भौतिक रूपमा कुनै कार्यक्रम तथा गतिविधि गर्नुपरेमा २५ जनाभन्दा बढीलाई सहभागी नगराउन र स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न प्रशासनले निर्देशन दिएको छ।

माघ १५ गतेसम्मका लागि विद्यालय, सिनेमा हल, दोहोरी साँझ, डान्सबार, नाचघर, क्लब, जिमखानाजस्ता ठाउँहरू प्रशासनले बन्द गर्न आदेश दिएको छ। धार्मिक कार्यक्रम गर्दा पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने आदेश छ । धार्मिक संस्थामा पूजापाठ गर्नमा पनि रोक लगाइएको छ । प्रशासनले यसअघि नै माघ ७ गतेदेखि सार्वजनिक स्थलमा अनिवार्य खोप कार्ड देखाउनुपर्ने नियम जारी गरिसकेको छ ।

यस्तो छ आदेश :-

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सङ्क्रमितले कुन-कुन अस्पतालमा पाउँछन् निःशुल्क उपचार ? (सूचीसहित)
पछिल्लो समाचार →
सिडिओसहित १८ कर्मचारीलाई काेराेना, काठमाडौँ प्रशासनमा यी सेवा कटौती

Leave a Comment

Your email address will not be published. Required fields are marked *