Latest News
Kathmandu

न्यूयोर्कमा विवेक पंगेनीको अन्तिम दाह संस्कार

न्यूयोर्कमा विवेक पंगेनीको अन्तिम दाह संस्कार

काठमाडौं । अमेरिकामा क्यान्सर सँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनीको न्यूयोर्कमा अन्तिमदाह संस्कार गरिएको छ।

 
ब्रेनक्यान्सरको चौंथो स्टेजमा रहेका विवेक पंगेनीको उपचारका क्रममा निधनभएको थियो ।

नेपाली समय अनुसार राति ९ः४५ बजे न्यूफिल्डआइएनसि मा उनको दाह संस्कार गरिएको थियो। दाह संस्कार कार्यक्रममा परिवारजन, साथीभाइ, र न्यूर्क क्षेत्रमाबसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरू उपस्थित थिए।
त्यस्तै १२ः४५ मा फ्रेस पोन्डक्रेमेटेसनमा एक श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।

केहिबर्ष अगाडि अमेरिकाको जर्जिया राज्यमा पीएचडी गर्न गएका बर्दिया निवासी विवेक पंगेनी आफ्नाब्रेन क्यान्सरको सल्याक्रिया गरिसकेपछि, थप उपचारका लागिविगत ४/५ महिनादेखि न्यूयोर्कमा रहिआएकाथिए।
उनको ब्रेनक्यान्सरको चौंथो स्टेज भएकोले बचाउन सक्दो प्रयास गर्दा पनि अन्ततः प्राणघातक रोग क्यान्सरको कारण अस्ति डिसेम्बर १७ तारिख २०२४ का दिन बिहानको ५ बजे विवेकजीको न्यूयोर्क स्थित Memorial Sloan Kettering Cancer Center मा उपचारको क्रममा दुःखद निधन भएको हो!

उनलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले निकै प्रयास गरेकी थिइन्। सिर्जनाको त्याग र समर्पणले नेपाली समुदायमा मात्र होइन, सामाजिक सञ्जालमा पनि उच्च प्रशंसा पाएको थियो। श्रीमानको स्वास्थ्यको लागि निरन्तर संघर्ष गर्दै आएका सिर्जनाका प्रयासहरूले धेरैलाई प्रेरित गरेको छ।

विवेकको निधनले न्यूर्कमा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ। परिवारजनलाई गहिरो दुःख परेको यस घडीमा नेपाली समुदायले सहानुभूति व्यक्त गर्दै सहकार्य गरिरहेका छन्।

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
आजको मौसमः यी स्थानमा वर्षा र हिमपातको सम्भावना
पछिल्लो समाचार →
रविलामिछाने विरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

Leave a Comment

Your email address will not be published. Required fields are marked *