Latest News
Kathmandu

फुटबलर मिसन टुगेदर र ब्लु क्रस अस्पताल बीच सम्झौता

फुटबलर मिसन टुगेदर र ब्लु क्रस अस्पताल बीच सम्झौता

फुटवलर्स मिसन टुगेदर पूर्व अन्तर्राष्ट्रिय फुटबलरहरु सम्मिलित गैर नाफा मुलक संस्था हो । जसले फुटबल खेलमा आफ्नो जीवनको उत्कृष्ट समय राष्ट्रको लागि समर्पित गर्दै आफ्नो अनुभवलाई जीवन्त राख्दै आउने पिढींलाई उत्साहित र फुटबलप्रति आर्कषित गराउने संस्थाको उद्धेश्य रहेको छ । फुटबलको माध्यमबाट खेलाडीहरुले राष्ट्रलाई पुर्याएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै यस क्षेत्रमा सक्रिय रहिरहनको लागि थप उर्जा प्रदान गर्ने हेतुले अवकाश लिएर वसिरहेका पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरुको हक हित संरक्षण गर्दै फुटबल खेलको विकासमा सहयोग गर्दै आईरहेको छ ।

फुटबलर्स मिसन टुगेदरको उद्देश्य अनुरुप फुटवलर्स मिसन टुगेदर र ब्लुक्रस अस्पताल विच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धि एक समारोह विच ५ वर्षे सम्झौता सम्पन्न भएको छ । मिसन टुगेदरमा आवद्ध पूर्व फुटवलर, प्रशिक्षक, रेफ्री, अफिसियल तथा निजका परिवारले स्वास्थ्य परिक्षण, ल्याव टेष्ट, दुर्घटना भई उपचार(स्वास्थ्य उपचार) गराउदा २०% छुट प्राप्त गर्नेछन् भने मिसन टुगेदरले गर्ने प्रतियोगितामा निशुल्क एम्बुलेन्स र चिकित्सकीय सेवा प्रदान गर्नेछ । मेजर र माईनर अपरेसन गर्दा समेत विशेष छुट दिने व्यवस्था सम्झौतामा उल्लेख छ । फुटवलर्स मिसन टुगेदरको तर्फबाट वरिष्ठ उपाध्यक्ष भिक्टर जे.बि.राणा र अस्पतालको तर्फबाट कार्यकारि व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरे । सो अवसरमा बरिष्ठ उपाध्यक्ष राणाले हाम्रो प्रस्तावलाई स्वीकार गरि खेलाडीलाई सम्मान व्यक्त गरेकोमा अस्पताल व्यवस्थापन प्रति धन्यवाद दिए भने अस्पतालका रजत श्रेष्ठले सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।

मिसन टुगेदरका महासचिव धिरेन्द्र प्रधान, कोषाध्यक्ष वसन्त लामा, पूर्व अन्तर्राष्ट्रिय महिला तथा पुरुष खेलाडीहरुको उपस्थिति रहेको थियो । अस्पतालको तर्फबाट व्यवस्थापन समितिका प्रशासन र वित्त विभागका निर्देशक सति गौतम सिंह लगायत अस्पताल व्यवस्थापनको उच्च व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ पुन सञ्चालनमा
पछिल्लो समाचार →
जाडो याममा पनि बिना हिउँको माछापुच्छ्रे हिमाल (फोटो फिचर)

Leave a Comment

Your email address will not be published. Required fields are marked *