Latest News
Kathmandu

ला– लिगामा रियल म्याड्रिड स्तब्ध

ला– लिगामा रियल म्याड्रिड स्तब्ध

काठमाडौं ।  आइतबार भएको ला लिगामा रियल म्याड्रिड स्तब्ध भएको छ । रियल बेटिसले रियललाई २–१ ले हराएको हो । इस्कोले आफ्नो पूर्व क्लबविरुद्ध विजयी गोल गरे ।

खेलको १० औं मिनेटमा रियलले अग्रता लियो । किलियन एम्बाप्पेले फर्लान्ड मेंडीलाई पास दिए र उनले ब्राहिम डियाजलाई खाली पोस्टमा सजिलै गोल गर्न अवसर मिलाइदिए।

रियलले अग्रता दोब्बर गर्ने केही अवसर पायो‌ । सफल भएन । तर ३४औं मिनेटमा इस्कोको कर्नरबाट जोनी कार्डोसोले हेडरमार्फत बराबरी गोल गरे ।

बेटिसका कप्तान इस्कोले ५४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । उक्त पेनाल्टी एन्तोनियो रुडिगरले बक्सभित्र जिसस रोड्रिगेजलाई फाउल गरेपछि बेटिसले पेनाल्टी पायो ।

यो सिजन ला लिगामा समान ५४ अंक जोडेको बार्सिलोना दोस्रो र रियल तेस्रो स्थानमा छ ।

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
हिमपातका कारण बन्द सडक अझै खुलेन
पछिल्लो समाचार →
विवेकशील साझा पार्टी चौथो उज्वल थापा स्मृति सभा

Leave a Comment

Your email address will not be published. Required fields are marked *