Latest News
Kathmandu

कोभिडविरुद्धको बुस्टर डोज लगाउन के-के चाहिन्छ ?

कोभिडविरुद्धको बुस्टर डोज लगाउन के-के चाहिन्छ ?

६ माघ, काठमाडौँ । नेपालमा ‌ओमोक्रन भेरियन्ट फैलिएसँगै कोरोना भाइरसको संक्रमणदर दिनहुँ बढ्दो छ । त्यसैले पनि सरकारले संक्रमणको जोखिमलाई कम गर्न खोप अभियानलाई तीव्रता दिएको छ ।

अझ माघ ७ गतेदेखि सरकारले सार्वजनिक निकाय र सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरिसकेको छ। जसकारण अस्पताल र खोप केन्द्रमा खोप लगाउन पुग्नेहरूको भिड छ । यस्तै, सरकारले संक्रमणको जोखिम कम गर्न भन्दै ‘बुस्टर डोज’ पनि दिन सुरु गरिसकेको छ । सरकारले खोप कार्ड अनिवार्य गरेपछि र बुस्टर डोज दिइरहँदा सर्वसाधारणहरू खोप लगाउन तम्सिएका छन् ।

बुस्टर डोज लगाउन के-के चाहिन्छ ?

  • दुवै मात्रा खोप लगाइको खोप कार्ड
  • अग्रपङ्क्तिमा खटिने कर्मचारीको हकमा आफू कार्यरत संस्थाले प्रदान गरेको परिचय पत्र
  • रोग प्रतिरोधात्मक क्षमता कम भएकाको हकमा उपचार गराइरहेको वा औषधी सेवन गरिरहेको अस्पतालको पुर्जा
  • ६० वर्षमाथिकाको हकमा उमेर खुल्ने परिचयपत्र

११ हजार बढीले लगाए बुस्टर डोज
नेपालमा ११ हजार २४७ जनाले कोभिड विरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ११ हजार २४७ जनाले बुस्टर डोज लगाएका हुन् । सरकारले अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि बुस्टर डोज दिन थालेको हो ।

बुस्टर डोज कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएको छ महिना पूरा भएका व्यक्तिलाई लगाइरहेको छ । सरकाले खोप अभियान सुरु भएदेखि अहिलेसम्म २ करोड ८५ लाख १० हजार ११६ मात्रा खोप लगाएको छ । जसमा एक करोड ६० लाख लाख बढीले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्। त्यस्तै १ करोड २४ लाख बढीले दुवै डोज खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरेको ।

मन्त्रालयका अनुसार कुल जनसंख्याको ५२.८ प्रतिशतले एकमात्रा र ४१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । त्यस्तै १८ वर्ष माथिका लक्षित समूहको ८०.५ प्रतिशतले एक मात्रा र ६२.६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । नेपालले अहिलेसम्म अनुदान र खरिद गरेर विभिन्न देशबाट ४ करोड तीन लाख ८८ हजार ८४० मात्रा खोप प्राप्त गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
वैशाखमा सामान्य तरिकाले बिहे गर्ने रेखाको तयारी
पछिल्लो समाचार →
यी ७ कम्पनी कालोसूचीमा, १ देखि वर्षसम्म कुनै काम गर्न नपाउने

Leave a Comment

Your email address will not be published. Required fields are marked *