Latest News
Kathmandu

दिनेशको ‘कालो केशमा रेलिमई’लाई युट्युबमा करोड पटक हेरियो

दिनेशको ‘कालो केशमा रेलिमई’लाई युट्युबमा करोड पटक हेरियो

६ माघ, काठमाडौं । दिनेश ढकालको शब्द, संगीत र स्वर रहेको पहिलो गीत ‘कालो केशमा रेलिमई’ करोड क्लबमा प्रवेश गरेको छ ।

तीन महिनाअघि सार्वजनिक गीतले बिहीबार युट्युबमा एक करोड भ्युज प्राप्त गरेको हो । यो गीत सार्वजनिक भएसँगै टिकटक, युट्युबमा भाइरल भयो । विशेषगरी युवापुस्ताले गीतलाई निकै रुचाए ।

गायक दिनेश गीतलाई स्रोता-दर्शकले दिएको माया अनपेक्षित भएको बताए । उनले अनलाइनखबरसँग भने, ‘गीत रुचाउनुहोला भन्ने थियो । तर यति धेरैले मन पराउनुहोला, भिडियोले यति धेरै भ्युज पाउला भन्ने सोचेको थिइनँ ।’ उनले आफ्नो पहिलो कामलाई नै यति धेरै मन पराइदिएकोमा खुशी व्यक्त गरे ।

गीतको भिडियोलाई मानव सुवेदीले छायांकन, निर्देशन तथा सम्पादन गरेका हुन् । भिडियोमा अल्का सुवेदी, राजन न्यौपाने, शिव थापा, स्वीकृति उप्रेतीसँगै सर्जक एवं गायक ढकाल देखिएका छन् ।

गायक ढकालले अहिले ‘कालीगंगा तिर’बोलको मौलिक लोक गीत तयारी गरिरहेका छन् । गीतको लेखन र कम्पोजको काम सकिएको रेकर्ड गर्न भने बाँकी रहेको उनले बताए ।  ‘वैशाख १ गते रिलिज गर्ने सोच छ । त्यो भन्दा अगाडि पनि सार्वजनिक हुन सक्छ, हेरौं,’ उनले सुनाए । पहिलो गीत स्रोता-दर्शकले रुचाएसँगै आफूमा चुनौती थपिएको दिनेशले अनुभव गरेका छन् । आगामी गीतमा पनि आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रयास रहने बताए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
चक्रपथको ग्वार्कोमा फ्लाइओभर राख्न १७ करोडमा ठेक्का
पछिल्लो समाचार →
सुनको मूल्य तोलामै एक हजार रुपैयाँले बढ्यो

Leave a Comment

Your email address will not be published. Required fields are marked *