Latest News
Kathmandu

सुनको मूल्य तोलामै एक हजार रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामै एक हजार रुपैयाँले बढ्यो

६ माघ, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९३ हवार ७ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य ९३ हजार २ सय रुपैयाँ कायाम भएको छ । बुधबार ९२ हजार ७ सयमा छापावाल र ९२ हजार २ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै बुधबार तोलामा एक हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार तीन सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
दिनेशको ‘कालो केशमा रेलिमई’लाई युट्युबमा करोड पटक हेरियो
पछिल्लो समाचार →
कोइलाखानीले उजाडिएको परिवार

Leave a Comment

Your email address will not be published. Required fields are marked *