Latest News
Kathmandu

अब हुम्ला राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा टाढा छैन्ः प्रधानमन्त्री ओली

अब हुम्ला राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा टाढा छैन्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर्ष सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिएकोमा आफू असाध्यै खुशी भएको बताएका छन् ।
राष्ट्रिय सडक सञ्चालनसँग जोडिन बाँकी नेपालको एक मात्रै जिल्ला हुम्लाको सदरमुकाम सिमकोट जोडिएपछि सबैभन्दा बढि खुशी म आफै छु’, प्रधानमन्त्री ओलीले भने, ’यो सफलता हाँसिल गर्ने नेपाली सेनालाई हार्दिक आभार व्यक्त गर्दछु ।’
सिमकोट सडकसँग जोड्नका लागि आफूलाई नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञावलीले हुम्लाका राजनितीक दलहरुको संयुक्त ज्ञापन पत्र र ज्ञावली हुम्ला पुगेर हुम्लीको यो गुनासो आफू समक्ष पुर्याएपछि यो कामले औपचारिकता पाएको बताउनु भएका ओलीले सरकारको प्रस्तावलाई पनि नेपाली सेनाले सहजै स्वीकार गरि अहिले जोड्न सफल भएको बताउदैं अब हुम्ला विकासको बाटो खुलेको प्रतिक्रिया दिए ।
हुम्ला राष्ट्रिय सडक सञ्जालमा मात्र जोडिएको छैन् हुम्ला समृद्धको बाटो समेत औपचारिक रुपमा खुलेको छ’, पुल उद्घाटनका क्रममा आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ’हुम्ला अब उत्तर दक्षिण मार्गले जोडिने जिल्ला मात्र नभएर हुम्ला पश्चिम नेपालको रणनीतिक महत्व बोकेको जिल्लाका रुपमा समेत स्थापित भएको छ ।
आफू परराष्ट्रमन्त्री हुँदा हुम्लाको बाटो र सडकसँग जोड्न पहल गरेको बताउनु भएका प्रधानमन्त्री ओलीले सुरुवातीमा आफूले पहल गर्नुका साथै अहिले आएर रास्ट्रिय सडकसँग जोडिएको जिल्ला उद्घाटन गर्न पाउनु ठूलो रहेको भनाइ राखेका थिए ।
४० दिनमा नेपाली सेनाले जोडेको खार्पु बेलिब्रीजमा रिवन काटेल गाडी पास गराए पछि औपचारिक रुपमा हुम्ला सडकले उत्तर दक्षिण जोडिए सँगै २६ वर्षदेखि सडक सपनामा बिताएको शिर्ष सदरमुकाम सिमकोट आजदेखि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।
गएको कार्तिक २० गते बसेको मन्त्रीपरिषद बैठकले हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने कर्णाली कोरिडोर अन्तरगतको खार्पु खोलामा निर्माणाधिन मोटरेवल पुलको काममा ढिलाई भएपछि सरकारले अल्पकालिन रुपमा भएपनि सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न बेलीक्रीजको विकल्प अघि सारेको थियो ।
खार्पु नदीमा निर्माण भएको पुल उद्घाटन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अब हुम्ला राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा टाढा नभएको बताए । ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आजको मौसम ः यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
पछिल्लो समाचार →
यस्तो छ ,आजको तरकारी र फलफूलको मूल्य

Leave a Comment

Your email address will not be published. Required fields are marked *