Latest News
Kathmandu

यस्तो छ ,आजको तरकारी र फलफूलको मूल्य

यस्तो छ ,आजको तरकारी र फलफूलको मूल्य

 

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण गरिएको हो ।

थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु रातो (मुडे) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४६, गाजर (लोकल) प्रतिकिलो रु ८०, गाजर (तराई ) रु ६०,बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ५५, रातो मूला प्रतिकेजी रु ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ३५, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडी प्रतिकिलो रु ४५ र मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा)रु १००,टाटे सिमी मूल्य प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ४०, परबर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ५५, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, भिण्डी प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ५०, रायोसाग प्रतिकिलो रु ११०, पालुङ्गो साग प्रतिकिलो रु १६०, तोरीको साग प्रतिकिलो रु ७०, हरियो प्याज प्रतिकिलो रु २१०, च्याउ (कन्य) प्रतिकिलो रु १९०, च्याउ (डल्ले) प्रतिकिलो रु ३८०, कुरिलो प्रतिकिलो रु २५०, निगुरो प्रतिकिलो रु १००,कुरीलो रु.२५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७५, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १७०, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु १४०, पार्सले प्रतिकिलो रु १०००, पुदिना प्रतिकिलो रु २००, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १२० र गुन्दु्रक प्रतिकिलो रु ३५० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १४५, कागती प्रतिकिलो रु १३०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु १००, आँप (दशहरी) प्रतिकिलो रु १००, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६०, नास्पाती (लोकल) प्रतिकिलो रु ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (भारतीय) प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अब हुम्ला राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा टाढा छैन्ः प्रधानमन्त्री ओली
पछिल्लो समाचार →
भोटेकोशीको बाढीले चीनसँगको व्यापार सम्पर्क बिच्छेद

Leave a Comment

Your email address will not be published. Required fields are marked *