Latest News
Kathmandu

घरमै एकान्तबासमा बसेकाहरूले यी कुरामा पुर्‍याउनुपर्छ विशेष ध्यान

घरमै एकान्तबासमा बसेकाहरूले यी कुरामा पुर्‍याउनुपर्छ विशेष ध्यान

७ माघ, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको सङ्क्रमण देखिएका तर अवस्था सामान्य भएका व्यक्तिले घरमै एकान्तबासमा बस्न सक्ने बताएकाे छ । मन्त्रालयले हाते पुस्तिका प्रकाशन गर्दै सङ्क्रमण देखिएपनि लक्षण नदेखिएका वा कम मात्र लक्षण देखिएका व्यक्ति चिकित्सकको परामर्शमा घरमै एकान्तबासमा बस्न सक्ने बताएकाे हाे ।

विभिन्न चिकित्सक र विज्ञको सुझावद्वारा तयार पारिएको हाते पुस्तिकामा होम आइसोलेसनमा बस्दा स्वास्थ्यसम्बन्धी विभिन्न कुराहरूमा विशेष ध्यान पुर्‍याउनुपर्ने उल्लेख गरिएको छ ।

जुन यस प्रकार छन् :-

-दिनमा कम्तीमा दुई पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने । (१००.४ फारन्हाइट वा ३८ डिग्री सेल्सियस भन्दा बढी तापक्रम मापन भएमा ज्वरो आएको मानिन्छ ।)

-यदि अक्सिजनको मात्रा नाप्ने पल्स अक्सिमिटर उपलब्ध छ भने प्रत्येक दिन ३ देखि ४ पटकसम्म अक्सिजनको मात्रा र मुटुको धड्कन जाँच गरी रेकर्ड गर्ने । (मुटुको चाल प्रतिमिनेट ६० देखि १०० र अक्सिजनको मात्रा ९४ प्रतिशत सम्मलाई सामान्य मान्नुपर्छ ।)

-पर्याप्त मात्रामा झोलिलो र पोसिलो खानेकुरा खाने ।

-आफ्नो दैनिक स्वास्थ्य अवस्थाको बारेमा सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी दिने ।

-बढी जोखिममा रहेका सङ्क्रमित व्यक्तिले आफ्नो लक्षणहरूको निगरानी गर्ने साथै आफ्नो चिकित्सक अथवा स्वास्थ्यकर्मीको सल्लाह लिने ।

-गर्भावस्था आफैमा पनि जोखिम र संवेदनशील अवस्था भएकाले सङ्क्रमित गर्भवती महिलाहरूले विशेष गरी आफ्नो तथा गर्भमा रहेको शिशुको स्वास्थ्यमा विशेष ध्यान दिनुका साथै नियमित कोभिडका लक्षणहरूको अनुगमन गर्ने, पोसिलो तथा झोलिलो खानेकुरा खाने, नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ । त्यससँगै सकारात्मक सोच र आत्मबल उच्च राख्नुपर्छ । स्वास्थ्य परामर्शका लागि निःशुल्क टेलिफोन नम्बर १६६००१००००४६ मा सम्पर्क गर्न सकिन्छ ।

स्रोत: स्वास्थ्य मन्त्रालयद्वारा प्रकाशित हाते पुस्तिका

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
चुनावको मितिबारे छलफल गर्न गठबन्धनको बैठक
पछिल्लो समाचार →
अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

Leave a Comment

Your email address will not be published. Required fields are marked *